Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भीमफेदीमा करेन्ट लागेर एक सैनिकको मृत्यु, दुई घाइते

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

काठमाडौं । - मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

घटना क्याम्पभित्र सञ्चार उपकरणको पाइप गाड्ने क्रममा घटेको हो। हाइटेन्सन लाइनमा पाइपले छोएपछि करेन्ट लागेर डडेलधुराको गन्याधुरा गाउँपालिका–१ का २९ वर्षीय लेसनायक पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

घटनामा डडेलधुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ का २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएका छन्। दुवै घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी, काठमाडौँ ल्याइएको छ भने मृतकको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा पोस्टमार्टमका लागि पठाइएको छ।


  • Jigyasa media

थप