Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

विदेश जाने यात्रुहरूलाई खादा र माला प्रयोग नगर्न त्रिभुवन विमानस्थलको आग्रह

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने यात्रुहरूलाई सुरक्षा जाँचका क्रममा खादा र माला नलगाउन आग्रह गरेको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँच उपकरणहरूमा क्षति पुर्‍याइरहेकोले यो आग्रह गरिएको हो।

निरौलाले राससलाई जानकारी दिँदै भने, "सुरक्षा जाँचको समयमा यात्रुले खादा र माला नलगाउन आज औपचारिक सूचना जारी गरेका छौं। अन्य समयमा लगाउन मिल्ने भए पनि सुरक्षा जाँचका क्रममा भने ती वस्तुहरू झोलामा राख्नुपर्नेछ।"

सुरक्षा उपकरणहरू जस्तै एक्सरे, कन्भेयर बेल्ट, र स्केलेटरमा खादा र माला अड्केर समस्या आउने गरेको र यसले विमानस्थलको सुरक्षा प्रक्रियामा अवरोध पुर्‍याउने गरेको जनाइएको छ। साथै, यात्रुहरूले खादा र माला विमानस्थलका विभिन्न स्थानमा छाडेर जाने गर्दा विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पर्ने भएकाले यात्रुहरूलाई ती वस्तुहरू झोलामा राखेर लैजान आग्रह गरिएको छ।


  • Jigyasa media

थप