Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भारतको बिहारमा विषाक्त मदिरा सेवनले २० जनाको मृत्यु

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

काठमाडौँ ।भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। बिहारको सिवान जिल्लामा यो घटना भएको हो। एसपी अमितेश कुमारका अनुसार प्रारम्भिक अनुसन्धानले विषाक्त रक्सी सेवनबाट ज्यान गएको पुष्टि गरेको छ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष टोली गठन गरिएको जानकारी दिए। यस क्रममा तीन जनालाई पक्राउ गरिएको छ भने आठ जनाविरुद्ध जाहेरी दर्ता गरिएको छ।

अक्टोबर १५ मा विषाक्त मदिरा सेवन गरेपछि स्वास्थ्यमा समस्या देखिएका बिरामीमध्ये केहीलाई बुधबार साँझ अस्पताल ल्याइएको र त्यही बेलामा मृत्यु भएको जानकारी मृतकका आफन्तहरूले दिएकाछन्।


  • RSS

थप