Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

ब्राजिलमा विमान दुर्घटनाः ६१ जनाको मृत्यु, तीन दिन शोक घोषणा

  •   २ वर्ष अघि | २६ साउन २०८१, शनिबार

ब्राजिल । ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ। दुर्घटनामा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्सले जनाएको छ। दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटनाग्रस्त भएको हो।


भिन्हेडो सहर, जुन लगभग ७६ हजार जनसङ्ख्या सहित साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ, उक्त दुर्घटनाको केन्द्रबिन्दु बन्यो। स्थानीय सञ्चारमाध्यमहरूले प्रसारण गरेको तस्विरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडिरहेको देखिएको छ।


साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पीडितको शव पहिचान प्रक्रिया सुरु भइसकेको र यो रातभरि जारी रहने बताए। ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यभर तीन दिन शोकको घोषणा गरेका छन्।


भोपास एयरलाइन्सले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको जनाएको छ। यस घटनाको अनुसन्धानका लागि ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले अनुसन्धान सुरु गरेको छ। – रासस, एएफपी

  • Jigyasa media

थप