Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

झापामा ब्राउन सुगरसहित भारतीय बुबा-छोरा पक्राउ

  •   २ वर्ष अघि | २९ असोज २०८१, मङ्लबार

झापा। भद्रपुरमा भारतीय नागरिक बुबा-छोरा ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरू भारतको बिहार राज्यको किसनगञ्ज जिल्ला, ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनीमा बस्ने ३८ वर्षीय जमकोद खान र उनका १८ वर्षीय छोरा आयान खान हुन्।

प्रहरीले सोमबार दिउँसो भद्रपुर–५ स्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको टोलीले लागू औषध कारोबार भइरहेको सूचना पाएपछि सो होटेलमा छापा मारेको थियो। शरीर तलासी गर्दा दुबैबाट लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्। अहिले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।


  • Jigyasa media

थप