Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बल्थलीमा विपद् प्रभावित महिलाका लागि प्रजनन् स्वास्थ्य शिविर

१३१ महिलाले लिए शिविर बाट स्वास्थ्य लाभ

  •   २ वर्ष अघि | ६ मंसिर २०८१, बिहिबार

 काभ्रे ।

असोजको अविरल वर्षाले गाउँमा देखापरेको पहिरो र त्यसपछि आएको विपद्ले बल्थलीका महिलाहरूको स्वास्थ्यमा पारेको गहिरो प्रभावलाई मध्यनजर गर्दै पनौती नगरपालिका वडा नं. ११ स्थित बल्थली स्वास्थ्य चौकीमा बृहत प्रजनन् स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

यो शिविर पनौती नगरपालिका र परिवार नियोजन संघ काभ्रेको संयुक्त पहलमा आयोजित गरिएको थियो। विपद्ले निम्त्याएको चुनौतीसँगै महिलाहरूको प्रजनन् स्वास्थ्यमा परेको असरलाई सम्बोधन गर्न मंसिर ५ मा यो विशेष कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

विपद् र महिलाको स्वास्थ्य

असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले बल्थली क्षेत्र पहिरोको चपेटामा परेको थियो। त्यसले गाउँबस्तीको सामान्य जनजीवनमा ठुलो प्रभाव पारेको मात्र होइन, महिलाहरूको स्वास्थ्य अवस्था थप जटिल बनाएको थियो। यसले गर्दा लामो समयसम्म महिलाहरूले आधारभूत स्वास्थ्य सेवा लिन नसकेको अवस्थालाई मध्यनजर गर्दै यो शिविर सञ्चालन गरिएको स्वास्थ्य चौकी प्रमुख दिनमान गुर्मछानले बताउनुभयो । वहाँले बल्थली स्वास्थ्य चौकीमा आयोजित यो शिविरले स्थानीय महिलाहरूका लागि बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराएको र त्यसमा १३१ महिलाले प्रत्यक्ष सेवा प्राप्त गरेको बताउनु भयो ।

९९ जनाको VIA परीक्षण गरियो, जसले गर्भाशयको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सहयोग गर्‍यो। वहाँको अनुसार ५५ जनाको प्रयोगशाला परीक्षण र २५ जनाको USG (अल्ट्रासाउन्ड) परीक्षण गरिएको थियो ।

महिलाहरूका लागि ठूलो राहत

यो शिविरले लामो समयदेखि स्वास्थ्य सेवाबाट वञ्चित स्थानीय महिलाहरूलाई ठूलो राहत दियो। शिविरमा सहभागी अधिकांश महिलाले आवश्यक परामर्श, परीक्षण, र उपचार सेवा पाएपछि आफूहरूलाई निकै लाभ भएको प्रतिक्रिया दिएका छन्।

स्वास्थ्य सुधारको मार्गमा बल्थली

यो शिविरले विपद् प्रभावित क्षेत्रका महिलाहरूलाई मात्र राहत दिएको छैन, पनौती नगरपालिकाको स्वास्थ्य सुधार प्रयासप्रति विश्वास पनि बढाएको बताइन्छ। यसप्रकारका कार्यक्रमहरूले ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्य अवस्था सुधार गर्न मद्दत पुग्ने स्थानीयवासीहरूले बताएका छन्।

बल्थलीमा यसरी विपद् र स्वास्थ्य समस्या समाधान गर्ने यो प्रयासले भविष्यमा अरू गाउँहरूमा पनि यस्तै प्रभावकारी कार्यक्रमहरूको आवश्यकतालाई उजागर गरेको छ।

  • Jigyasa media

थप