Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

धुलिखेलमा यात्रु बस दुर्घटना : २४ घाइते, चालक र सहचालक गम्भीर

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

काभ्रेपलाञ्चोक, १३ फागुन – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० सारादा बतासेस्थित बीपी राजमार्गमा यात्रु बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस काठमाडौंबाट रामेछापतर्फ जाँदै गर्दा आफैं अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो। दुर्घटनामा चालक र सहचालक गम्भीर घाइते भएका छन्, जसको टाउकोमा चोट लागेको छ। अन्य २२ यात्रु पनि घाइते भएका छन्। सबै घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको छ।

घटनास्थलमा इलाका प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर काफ्लेको कमान्डमा ४ जना ट्राफिकसहितको टोली खटिएको छ। घटनास्थलमा बस अझै रहेको भए पनि बाटो एकतर्फी सञ्चालनमा छ। दुर्घटनाका कारणको अनुसन्धान भइरहेको छ।


➡ नयाँ अपडेटका लागि जिज्ञासा नेपाललाई फलो गर्नुहोस्!

#BusAccident #Dhulikhel #JigyasaNepal #Traff

icSafety


  • Jigyasa media

थप