Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभर वर्षाको प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्‌को आग्रह

  •   १ वर्ष अघि | २० असार २०८२, शुक्रबार

काठमाडौँ, असार २० — आज शुक्रबार देशभरको मौसममा व्यापक वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ।

बिहान ६ बजे जारी गरिएको मौसम बुलेटिन अनुसार, आज दिनभर र राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने, र चारवटा मुख्य प्रदेशका एक–दुई स्थानमा भारी पानी पर्ने खतरा रहेको उल्लेख गरिएको छ। विशेष गरी मेघगर्जन, चट्याङसहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यी ठाउँमा सावधानी अपनाउनुहोस्

कोसी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जनसहितको वर्षा हुनेछ।

ती प्रदेशका एक–दुई स्थानमा ५० मिलिमिटरभन्दा बढी पानी पर्ने ‘भारी वर्षा’ को पूर्वानुमान छ।

पर्वतीय र हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना छ।

वर्षा कति भयावह? यस्तो छ मापदण्ड

१० मिमि.भन्दा कम = हल्का वर्षा

१०–५० मिमि. = मध्यम वर्षा

५०–१०० मिमि. = भारी वर्षा

१००–२०० मिमि. = धेरै भारी वर्षा

२०० मिमि. माथि = अति भारी वर्षा

वर्षाको व्याप्ति बुझ्नुस् यसरी

१०% भन्दा कम क्षेत्रफलमा पानी पर्ने = एक–दुई स्थान

१०–३०% = थोरै स्थान

३०–५०% = केही स्थान

५०–८०% = धेरै स्थान

८०% माथि = अधिकांश स्थान

विपद्‌को जोखिम कायमै

अघिल्लो वर्षका पहिरो, डुबान र सडक कटानका घटनालाई सम्झिँदा यो वर्षा पनि जोखिमपूर्ण हुन सक्ने प्रक्षेपण गरिएको छ। स्थानीय तह, विपद्‌ व्यवस्थापन निकाय र नागरिकहरूलाई सजग, सतर्क र तयार रहन आह्वान गरिएको छ।


  • Jigyasanepal

थप