Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने दुई जना पक्राउ

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

काठमाडौं ।अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन्।


सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।


प्रहरीले वनस्थली खरिबोटस्थित भुपेन्द्रको घरबाट भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरण, एक थान राउटर, आठ पोर्टको भिओआइपी गेटवे, एक थान इन्भर्टर, एक थान ब्याट्री, नेपाल टेलिकमको एक थान सीमकार्ड र एनसेलको नौ थान सीमकार्ड बरामद गरेको छ।


उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। – रासस

  • RSS

थप