Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

चार प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा दिउँसो पानी पर्ने सम्भावना

  •   २ वर्ष अघि | ६ फाल्गुन २०८१, मङ्लबार

काठमाडौं । देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो।

बिहानको अवस्था

सुदूरपश्चिम र कर्णाली प्रदेशमा बिहानैदेखि आंशिकदेखि सामान्य बदली भएको छ। पहाडी क्षेत्रमा आंशिक बदली भए पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसोको अवस्था

दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

काठमाडौं उपत्यकामा सम्भावित मौसम परिवर्तन

काठमाडौं उपत्यकामा दिउँसो हल्का वर्षा हुने सम्भावना छ। मौसमविद् मीनकुमार आर्यालका अनुसार दिउँसो २/३ बजेपछि वर्षा सुरु हुन सक्छ।

तापक्रम र चिसोको असर

बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम १८ देखि २० डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ। बदली र वर्षाका कारण काठमाडौंमा चिसो महसुस हुनेछ।

रातिको अवस्था

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

सावधानी अपनाउन सुझाव

विभागले चिसोबाट बच्न सावधानी अपनाउन र आवश्यक तयारी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


  • Jigyasa media

थप