Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सेन्टर प्लाजामा भीषण आगलागी : पाँच जनाको सकुशल उद्धार

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बुधबार

इटहरी, चैत १३ – सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा आज बिहान ९:३० बजेदेखि लागेको भीषण आगलागी नियन्त्रण प्रयास जारी छ। उक्त घटनामा फसेका पाँच जनालाई सकुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीको समयमा भवनभित्र रहेका पाँच जनालाई सकुशल बाहिर निकालिएको छ। उद्धारकार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासी खटिएका छन्।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको नं. १ बराह बाहिनीका एसएसपी मनिष थापाको कमान्डमा १०५ सुरक्षाकर्मी परिचालित छन्। साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय दमकलहरू समेत घटनास्थलमा सक्रिय छन्। आगलागी थप फैलिन नदिन ६ वटा दमकल परिचालन गरिएको छ।

घटनास्थलमा अझै केही व्यक्ति फसेको आशंकामा नेपाली सेनाको हेलिकप्टरसमेत पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी छ।



  • Jigyasa media

थप