Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

"चिकित्साका चौध तारा" माथि विमर्श: अग्रज चिकित्सकहरूको योगदानको मूल्याङ्कन

  •   २ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

काठमाडौं – लेखक तथा सञ्चारकर्मी राजेश खनालद्वारा लिखित व्यक्तिवृत्त "चिकित्साका चौध तारा" माथि सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा विशेष विमर्श कार्यक्रम सम्पन्न भएको छ।

चिकित्साका अग्रज व्यक्तित्वहरूको संघर्ष र योगदानको दस्तावेज

कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकार र वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी ले पुस्तकको चर्चा गर्दै चिकित्सा क्षेत्रमा यो कृतिको महत्त्वलाई उजागर गरे।

प्रा.डा. ताम्राकारका अनुसार, पुस्तकले अघिल्लो पुस्ताका चिकित्सकहरूको संघर्ष, मेहनत र योगदानलाई समेटेर चिकित्सा क्षेत्रको ऐतिहासिक दस्तावेजको रूपमा महत्वपूर्ण भूमिका खेलेको छ। उनले भने, "यो पुस्तक न केवल चिकित्सा पेशामा लाग्न चाहनेहरूसँग सम्बन्धित छ, बरु सबै पाठकका लागि रोचक छ। पुराना चिकित्सकहरूले भोगेका कठिनाइहरूबारे नयाँ कुरा जान्ने अवसर मिल्यो।"

त्यस्तै, डा. अनन्त अधिकारीले पुस्तकले चिकित्सा क्षेत्रका अग्रज व्यक्तित्वहरूको योगदानलाई समेटेको बताउँदै भने, "गैह्र-चिकित्सकले लेखे पनि यो पुस्तक ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ। हिजोका चिकित्सकहरूले भोगेका दुःख, चुनौती र योगदानलाई बुझ्नका लागि यो कृति उपयोगी हुनेछ।"


स्वास्थ्य क्षेत्रको पृष्ठभूमि उजागर गर्ने कृति

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पुस्तकले स्वास्थ्य क्षेत्रको पृष्ठभूमि र ऐतिहासिक योगदानको मूल्याङ्कन गर्न मद्दत गर्ने बताए। उनले भने, "यो कृतिले चिकित्सा क्षेत्रको सम्मान गरेको छ। निबन्धात्मक शैलीमा लेखिएको यो पुस्तक सूचनामूलक मात्र नभई प्रेरणादायी पनि छ।"

राजेश खनालको अनुभव साझा

कृतिकार राजेश खनालले पुस्तक लेख्दाको अनुभव सुनाउँदै चिकित्सा क्षेत्रका अग्रज व्यक्तित्वहरूको संघर्षलाई समेट्ने प्रयास गरेको बताए। पुस्तकमा १४ जना प्रतिष्ठित चिकित्सकहरूको व्यक्तिवृत्त समावेश गरिएको छ भने दुई जना चिकित्सकहरूसँगको संस्मरण पनि रहेको छ।

साहित्यकारहरूको उपस्थिति

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले प्रतिष्ठानको उद्देश्यबारे जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरे। कार्यक्रमका संचालक वाङ्मयका महासचिव प्रदीप सापकोटा थिए।

कार्यक्रममा भुँडी पुराण प्रकाशनका केशव पराजुली, साहित्यकारहरू सुमन सौरभ, कुमारी लामा, मधु पाठक, श्रीबाबु कार्की, प्रकाश घायल, पूर्णबहादुर श्रेष्ठ, किरण थापा लगायतका साहित्यकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


  • Jigyasa media

थप