Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

चितवनमा मापदण्डविपरीतका संरचना घरधनीले आफैँ भत्काउन थाले

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

चितवन, कात्तिक २२ - भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमण गरिएका संरचनाहरू हटाउने अभियान सुरु गरेपछि घरधनीहरूले स्वयम् आफ्ना संरचना भत्काउन थालेका छन्। पुङ्गी खोलाको विकास र सौन्दर्यकरण योजनाअन्तर्गत महानगरपालिकाले यस क्षेत्रमा नियमविपरीत बनेका संरचनाहरू हटाउन दबाब दिएपछि घरधनीहरू स्वस्फूर्त रूपमा यस कार्यमा जुटेका हुन्।

महानगरपालिकाले असोज २ गते केही अतिक्रमित संरचनामा डोजर चलाएपछि घरधनीहरूले आफ्ना संरचना स्वेच्छाले हटाउन थालेको भरतपुर वडा नं २ का अध्यक्ष मनोज रानाभाट बताउँछन्। बाइपास सडकदेखि लाइन्सचोकसम्मका क्षेत्रमा संरचना भत्काउने कार्य तीव्र गतिमा भइरहेको छ।

पुङ्गी खोला विकास तथा सौन्दर्यकरणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट करिब ६ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस बजेटबाट बाइपास सडकदेखि नारायणी नदीसम्म ६.५ किलोमिटर क्षेत्रमा सौन्दर्यकरण कार्यको योजना गरिएको छ। बाइपास सडकदेखि लायन्सचोकसम्म ३ किलोमिटर र त्यसपछि नारायणी नदीसम्मको क्षेत्रमा उद्यान, पैदलमार्ग, कसरत स्थलजस्ता संरचना निर्माण गरिनेछ।

यस सौन्दर्यकरण परियोजनाले नगरको पर्यटन तथा स्थानीय वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, जसले भरतपुरलाई थप आकर्षणको केन्द्र बनाउने विश्वास लिइएको छ।


  • Jigyasa media

थप