Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

फिलिपिन्समा कालमेगी आँधीको प्रकोप : २६ जनाको मृत्यु, लाखौं विस्थापित

सेबु सहर पूर्ण रूपमा जलमग्न, उद्धारमा खटिएको हेलिकप्टर खस्दा ६ जना सैनिकको पनि मृत्यु

  •   ११ महिना अघि | १९ कार्तिक २०८२, बुधबार

फिलिपिन्स । शक्तिशाली आँधी ‘कालमेगी’ (स्थानीय नाम ‘टिनो’) ले फिलिपिन्समा ठूलो विनाश मच्चाएको छ। भीषण वर्षा र तीव्र हावाहुरीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँ नागरिकहरू घरबारविहीन बनेका छन्।

बीबीसीका अनुसार, देशकै सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा बढी क्षति पुगेको छ, जहाँका कयौँ सहर र बस्तीहरू जलमग्न भएका छन्। डुङ्गा र ट्रकमार्फत उद्धार कार्य जारी भए पनि थुप्रै मानिस अझै फँसेका छन्।

सरकारी अधिकारीहरूले मृतकको संख्या अझ बढ्ने आशंका व्यक्त गरेका छन्। आँधीपछि आएको भीषण वर्षा र पहिरोका कारण सम्पर्क मार्ग अवरुद्ध भएका छन्। विद्यालय, अस्पताल र अस्थायी आवासस्थलहरूमा सर्वसाधारणको भीड लागेको छ।

यसैबीच, उद्धारमा संलग्न फिलिपिन्स वायु सेनाको हेलिकप्टर उत्तरी मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सबै ६ सदस्यको मृत्यु भएको छ। ती सैनिकहरू राहत सामग्री पुर्‍याउन गएका थिए।

मंगलबार बिहान ल्यान्डफल गरेको यो आँधीको हावाको वेग १३० किलोमिटर प्रति घण्टा भन्दा बढी रहेको अधिकारीहरूले जनाएका छन्। यद्यपि, ल्यान्डफलपछि यसको शक्ति केही घटेको भए पनि देशका मध्य र दक्षिणी क्षेत्र अझै जोखिममा छन्।

अधिकारीहरूले देशका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी छ।

फिलिपिन्समा हरेक वर्ष औसतमा २० भन्दा बढी आँधी आउने गरे पनि, कालमेगी पछिल्ला वर्षहरूमा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ।

  • Jigyasanepal

थप