Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

कोपा अमेरिका–२०२४ साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

काठमाडौँ । कोपा अमेरिका–२०२४ अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । 

अमेरिकाको एनआरजी रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ । 

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।

 पेनाल्टीमा इक्वेडरलाई ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी गोल गर्न असफल रहे । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो एरियल मोन्टियल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।


इक्वेडरले भने पेनाल्टी सुटआउटमा अघिल्ला दुवै प्रहार खेल फालेको थियो । इक्वेडरका एन्जल मेना र एलन मिन्डा गोल गर्न असफल भए । पेनाल्टी सुटआउटमा इक्वेडरका लागि जोन एबोह जामोरा र जोर्डी मेडिना काइसेडो मात्र गोल गर्न सफल भए । 


साबिक विजेता अर्जेन्टिना अर्जेन्टिनाले यसअघि क्यान्डालाई २–०, चिलीलाई १–० र पेरुलाई २–० गोलअन्तरले पराजित गरेको थियो । 


  • Jigyasa media

थप