Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

करेन्ट लागेर भारतीय वृद्ध दम्पतीको मृत्यु

  •   २ वर्ष अघि | २६ भदौ २०८१, बुधबार

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा बुधबार करेन्ट लागेर भारतीय वृद्ध दम्पतीको मृत्यु भएको छ। बिहान ११:५० बजे घटना भएको थियो। ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीया कुमादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार मोटर चलाएर कल पेल्ने क्रममा विद्युत् प्रवाह भइ करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो। वृद्ध दम्पती भारत भागलपुरका भए पनि उनीहरू बूढीगंगा–५ स्थित देवनारायण चौधरीको फुसको छानो भएको घरमा भाडामा बस्दै आएका थिए र खेतीपाती गरिरहेका थिए।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सई प्रवीण खड्काको नेतृत्वमा प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको छ। शवलाई कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाउने तयारी भइरहेको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।

घटनाको थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप