Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

माटोको ढिस्को खस्दा दुई महिलाको मृत्यु

  •   २ वर्ष अघि | २६ फाल्गुन २०८१, सोमवार

अछाम, फागुन २६ । अछाममा माटोको ढिस्को खस्दा दुई महिलाको ज्यान गएको छ।

मंगलसेन नगरपालिका-९ ओलीगाउँस्थित रातोमाटेमा सोमबार दिउँसो माटो खन्ने क्रममा ढिस्को खस्दा सोही नगरपालिका-८, सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहरा को मृत्यु भएको छ।

प्रहरीका अनुसार उनीहरू घर लिप्न माटो संकलन गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर पुरिएपछि घटनास्थलमै ज्यान गएको हो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा मृतकको शव निकालिएको छ।

सावधानी अपनाऔं!

माटो खन्ने तथा अन्य जोखिमपूर्ण कार्य गर्दा आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गरौं।


#Achham #Accident #Landslide #SafetyFirst #JigyasaNepal


  • Jigyasa media

थप