Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काभ्रेको रोशीमा यात्रुबाहक बस दुर्घटना : ११ जना घाइते

  •   २ वर्ष अघि | २८ चैत्र २०८१, बिहिबार

काभ्रे, चैत २८ । काभ्रेको रोशी गाउँपालिका–९ दाउनेमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाण्डौबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको मे.१ ख ३३९४ नम्बरको हाईस गाडीलाई ठक्कर दिँदै सडकबाट करिब २० मिटर तल खसेको थियो।

दुर्घटना बिहान ८:२५ बजे पानी परिरहेको अवस्थामा बीपी राजमार्गमा ब्रेक नलागी चिप्लिएको कारण भएको प्रहरीले जनाएको छ। बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचारका लागि पठाइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक पुष्कर श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली परिचालन गरिएको थियो। बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको स्थान इ.प्र.का. मंगलटारबाट करिब १ किलोमिटर पश्चिममा पर्छ।


  • Jigyasa media

थप