Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभर मौसम बदली, केही स्थानमा आजै पानी पर्ने सम्भावना

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

काठमाडौं, वैशाख ३ । देशका अधिकांश भूभागमा आज बिहानदेखि नै बादल लागेको छ। काठमाडौं उपत्यकासहित धेरै स्थानमा मौसम बदली देखिएको छ भने केही ठाउँमा हल्का वर्षा पनि भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुप्रवाहको प्रभावसँगै भारतको उत्तरप्रदेश र बंगालको खाडी क्षेत्रको न्यूनचापीय प्रणालीको आंशिक असर देखिएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार, “गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा बिहानै हल्का वर्षा भइसकेको छ। आज दिउँसो अन्य धेरै ठाउँमा पनि वर्षा हुन सक्छ।”

आज दिउँसो कोसी प्रदेश र देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा हिमपात वा हल्का वर्षा हुने संकेत छ।

राति पनि यस्तै परिस्थिति रहने अनुमान

मौसमविद्का अनुसार राति कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना उच्च छ। त्यसैगरी, हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना यथावत् रहने देखिएको छ।

बिहीबारदेखि वर्षा अझै बढ्ने संकेत

मौसम विभागको भनाइ अनुसार, भोलिदेखि (बिहीबार) वर्षाको सम्भावना अझ तीव्र हुने देखिएको छ। यस्तो अवस्थामा कृषक, यात्रु तथा पर्वतीय क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्क रहन सुझाव दिइएको छ ।

  • Jigyasa media

थप