Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

दानव खोलाको छालसँगै बग्यो बालसपनाः एकको शव फेला, दुई अझै बेपत्ता

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

रूपन्देही, वैशाख ८ — लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव खोलामा पौडी खेल्दै गरेका तीन बालकमध्ये एकको शव फेला परेको छ भने बाँकी दुई बालक अझै बेपत्ता छन्। फेला परेका १४ वर्षीय बालक राजन यादवको शव डुबेको स्थान नजिकैबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

बालक राजन यादवको स्थायी ठेगाना अर्दौला भए पनि उनी बुबाआमासँग सैनामैनामा बस्दै आएका थिए। विद्यालय बिदा भएर दुई दिनअघि मात्र मूल घर आएका ती बालकको जन्मगाउँमै ज्यान गयो — यस्तो विडम्बना शब्दमा बर्णन गर्न गाह्रो छ।

बेपत्ता रहेका दुई बालक —

१३ वर्षीय उमेश यादव

१२ वर्षीय मन्नु हरिजन —

अझै खोजीमा छन्। प्रहरी, सशस्त्र र स्थानीयबासीहरू खोजी अभियानमा खटिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार बालकहरू बगहा बाबा मन्दिर नजिकै पौडी खेल्दै गर्दा खोलाको गहिरो धारमा पुगेका थिए। खेलकै क्रममा भएको यो त्रासदीले स्थानीयहरूमा शोकको लहर छाएको छ। खोलामा पौडी खेल्दा सतर्कता अनिवार्य छ। कुनै पनि प्राकृतिक स्रोत सौन्दर्य मात्र होइन, खतरा पनि हो बालबालिकाको सुरक्षामा अभिभावक, विद्यालय र समुदाय सबैको उत्तरदायित्व रहन्छ।

  • A

थप