Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन आजै

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

काठमाडौं — आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा एकै दिन परेकाले यस वर्षको बडादसैँमा नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन आज परेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार सूर्योदयकालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा परेकाले आजै कोजाग्रत पूर्णिमा मनाइने भएको हो।

समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले पूर्णिमा तिथिको साँझमा हुने व्रत भने कात्तिक १ गते बिहीबार गर्ने जानकारी दिएका छन्। यो दिन महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने चलन छ।

बडादसैँको टीका विजयादशमीका दिनदेखि सुरु भई आज समापन भएको छ। आफन्त टाढा भएका व्यक्तिहरूले आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न जाने परम्परा रहेको छ। यस वर्षको सार्वजनिक बिदा सोमबार सकिएसँगै सरकारी कार्यालय मंगलबारदेखि खुलेका छन्। तर टीका लगाउने र आशीर्वाद थाप्ने क्रम आज पूर्णिमा सकिनु भन्दा अघि नै सम्पन्न हुने शास्त्रीय परम्परा अनुसार आज पनि जारी छ।

कात्तिक १ गते पूर्णिमा व्रत पछि बडादसैँको विधिवत समापन हुनेछ।


  • Jigyasa media

थप