Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते

  •   ९ महिना अघि | १४ पुस २०८२, सोमवार

मेक्सिको, ओक्साका — मेक्सिकोको ओक्साकामा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ भने ९८ जना घाइते भएका छन्। दुर्घटना रेल लिकबाट बाहिरिँदा भएको हो।

स्थानीय समय अनुसार रेलमा २४१ यात्रु र ९ जना चालक दलका सदस्य थिए। नौसेनाका अधिकारीहरूले ३६ घाइतेलाई अस्पतालमा भर्ना गरिएको र बाँकीलाई प्राथमिक उपचार दिइएको जानकारी दिएका छन्।

रेल निजाना सहर नजिकको घुम्तीमा लिकबाट बाहिरिएको थियो। मेक्सिकोका महान्यायाधिवक्ताले दुर्घटनाको पूर्ण अनुसन्धान सुरु गरिएको बताएका छन्।

राष्ट्रपति क्लाउडिया सेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाउँदै सबैको शीघ्र उपचार सुनिश्चित गर्न निर्देशन दिएकी छिन्।

बीबीसीका अनुसार, दुर्घटनाको कारण र जिम्मेवारीबारे प्रारम्भिक अनुसन्धान जारी छ।

  • Jigyasanepal

थप