Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पाँचखालमा करेन्ट लागेर एक जनाको मृत्यु, एक महिला घाइते

  •   ३ महिना अघि | २ साउन २०८३, शनिबार

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२, सेरा गाउँमा धान रोप्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ बजे आफ्नै खेतमा धान रोप्ने क्रममा ६१ वर्षीय कान्छा दनुवारलाई पानी तान्ने मोटर (मेसिन)को नांगो विद्युत् तार पानीमा डुबेको अवस्थामा करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका दनुवारलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा बेलुका ४:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

उक्त घटनामा सोही स्थानकी २६ वर्षीया अनु दनुवार पनि करेन्ट लागेर घाइते भएकी छन्। उनको दाहिने हातको बुढी औँलामा चोट लागेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षकको नेतृत्वमा SOCO (घटनास्थल अनुसन्धान) टोली खटिई घटनास्थलको मुचुल्का तयार पार्नुका साथै आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप