Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

धुलिखेल अस्पतालले विवाद समाधान समितिमा सहभागिता अस्वीकार

  •   २ वर्ष अघि | १० पुस २०८१, बुधबार

१० पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न गठन गरिएको समितिमा धुलिखेल अस्पताल पक्षले सहभागी हुन अस्वीकार गरेको छ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पुस ८ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले सात सदस्यीय समिति गठन गरेको थियो। राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीता पौडेल अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा केयूका उपकुलपति प्रा. डा. भोला थापा, कानुन संकायका डीन प्रा. डा. ऋषिकेश वाग्ले, र मेडिकल संकायका डीन प्रा. डा. मनोज हुमागाईंलाई सदस्यको रूपमा समावेश गरिएको थियो।

धुलिखेल अस्पतालका तर्फबाट पूर्वउपकुलपति प्रा. डा. रामकृष्ण मकाजु, डा. विराज कर्माचार्य र डा. राजीव श्रेष्ठलाई सदस्यका रूपमा तोकिएको थियो। तर, अस्पतालका तर्फबाट तोकिएका सदस्यहरूले समितिमा बस्न अस्वीकार गरेका छन्।

सूत्रका अनुसार विश्वविद्यालयले पठाएको पत्र अस्पतालमा दर्ता गराउन खोज्दा पनि अस्वीकार गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक एवं पूर्वउपकुलपति प्रा. डा. रामकृष्ण मकाजुले वर्तमान उपकुलपतिको नेतृत्वमा आफू समितिमा सहभागी नहुने बताउँदै समितिको नेतृत्व मन्त्रीस्तरीय व्यक्तिले गर्नुपर्ने अडान राखेका छन्।

यो असहमतिले विवाद समाधान प्रक्रिया थप जटिल बनेको छ भने काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको मतभेद अझै गहिरिएको छ।


  • Jigyasa media

थप