Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बस दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

सर्लाही, पुष १७ – बलरा नगरपालिका–९ छतौनामा बस दुर्घटनामा परेर सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बलराका इन्चार्ज रहेका तुलाधर बा ००६ ख २००४ नम्बरको बसले च्यापिँदा गम्भीर घाइते भएका थिए।

मंगलबार राति करिब ९ बजे अत्यधिक गतिमा रहेको बसले चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो। बस पल्टिएपछि प्रहरी निरीक्षक तुलाधर च्यापिएका थिए।

घाइते तुलाधरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनापछि बसका चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


  • Jigyasa media

थप