Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

सिरहामा गाडीको ठक्करले सशस्त्र प्रहरी जवानको ज्यान गयो

  •   २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार

मंसिर १६, जनकपुरधाम। सिरहाको बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक गाडीको ठक्करबाट सशस्त्र प्रहरी जवान लक्ष्मण यादवको निधन भएको छ।

सदरमुकामबाट ड्युटीका लागि खटिएका यादवलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल, लहान पुर्याइए पनि उपचारको क्रममा आज बिहान निधन भएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी वीरन्द्रकुमार पासवानले जानकारी दिए।

ठक्कर दिने गाडीको पहिचान र पक्राऊका लागि प्रहरीले खोजी कार्य तीव्र पारेको छ। यस घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो घटनाले सडक सुरक्षामा लापरबाहीका कारण हुने त्रासदीपूर्ण घटनालाई फेरि सतहमा ल्याएको छ।


  • Jigyasa media

थप