Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

आज दिउँसो र राति यी प्रदेशमा ‘भारी वर्षा’को उच्च सम्भावना

  •   १ वर्ष अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, २०८२ बिहीबार | काठमाडौं

नेपालमा मौसम फेरि अस्थिर बन्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसोदेखि रातिसम्म देशका धेरै भागमा मध्यमदेखि भारी वर्षा हुने चेतावनी जारी गरेको छ।

 दिउँसोको स्थिति

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा साधारणतया बाक्लो बादल रहनेछ।

ती भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी लुम्बिनी तराई, सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

 रातिको स्थिति

देशभर आकाश सामान्यतया बादलले ढाकिनेछ।

पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

गण्डकी, कर्णाली, सुदूरपश्चिमका पहाड तथा लुम्बिनी र कोसी प्रदेशका तराई भागमा भारी वर्षाको उच्च सम्भावना छ।

 वर्षाको वर्गीकरण

मौसमविद्हरूका अनुसार –

१० मिमीसम्म वर्षा : हल्का

१०–५० मिमी : मध्यम

५०–१०० मिमी : भारी

१००–२०० मिमी : धेरै भारी

२०० मिमीभन्दा माथि : अति भारी

सतर्कता आवश्यक

महाशाखाले वर्षासँगै पहिरो, बाढी र नदी–नाला तथा सडक यातायातमा अवरोध हुने सम्भावना औँल्याउँदै सतर्क रहन आह्वान गरेको छ। विशेषगरी पहाड र तराईका संवेदनशील क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

  • Jigyasanepal

थप