Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   २ हप्ता अघि | ६ असोज २०८३, मङ्लबार

काठमाडौं, असोज ६ । देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव कायमै रहेकाले मंगलबार विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्नेछ।

महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने पूर्वानुमान गरिएको छ।

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपात

आज हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी र बागमतीका तराई भूभागका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

यी चार प्रदेशमा भारी वर्षा हुनसक्ने

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा स्थानीय डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप