Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, दुईको मृत्यु, ३० भन्दा बढी घाइते

  •   २ वर्ष अघि | १९ कार्तिक २०८१, सोमवार

अर्घाखाँची — भूमिकास्थान नगरपालिकामा तिहारको देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुःखद घटना भएको छ। दुर्घटनामा २२ वर्षीया तारा श्रेष्ठसहित दुई जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५ र ६ को सिमानामा रहेको जयठाटीमा आज साँझ करीब ५ बजे ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा देउसी खेलिरहेका मानिसहरूलाई ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार बसको ब्रेक फेल भएपछि यो दुर्घटना भएको हो।

घटनास्थलमै एक महिलाको मृत्यु भएको र उपचारका क्रममा तारा श्रेष्ठको ज्यान गएको डीएसपी मल्लले जानकारी दिएका छन्। घाइतेहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ भने स्थानीय र प्रहरीको सहयोगमा घटनास्थलमा उद्धार कार्य गरिएको छ।

स्थानीयवासी गणेश प्रसाद भण्डारीले जयठाटी क्षेत्रमा हरेक वर्ष तिहारमा विभिन्न टिमहरूले भैलो खेल्ने परम्परा रहेको बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप