Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

गट्ठाघरमा ट्राफिक चेकजाँचका क्रममा स्कुटरलाई ठक्कर, एक महिलाको मृत्यु

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

काठमाडौँ ।भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकेको स्कुटरलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार बिहीबार बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकेको थियो। त्यसै क्रममा ना ६ ख २१७३ नम्बरको ट्रक एक्कासि ब्रेक लाग्दा स्कुटरसहित चालकलाई घिसार्दै लग्यो। 

घटनामा संलग्न महिलाको घटनास्थलमै मृत्यु भएको हो। यस घटनापछि स्थिति तनावपूर्ण बनेपछि सशस्त्र प्रहरीलाई पनि परिचालन गरिएको छ। मृतक महिलाको परिचय खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी जीवन श्रेष्ठले जानकारी दिएका छन्।

  • Jigyasa media

थप