Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

बनेपाको जंगलमा प्रेमिकाको हत्या, प्रेमी पक्राउ

  •   १० महिना अघि | ५ साउन २०८२, सोमवार

अर्जुन अधिकारी काभ्रे ।  साउन ५ गते, २०८२

काभ्रेपलाञ्चोकको बनेपामा आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा फालिएको जघन्य घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको जानकारी दिएको छ। घटना भएको २४ घण्टा भित्र उक्त घटनाको गहिराइमा प्रहरी पुग्न सफल भएको छ ।

साउन ४ गते दिउँसो करिब २ बजे बनेपा नगरपालिका–१३ भगवान थुम्कीस्थित सामुदायिक जंगलमा चिलाउने रुखको फेदमा कोल्टो अवस्थामा एक महिलाको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पहिचान चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्ककी ३३ वर्षीया शर्मिला उप्रेतीको रूपमा भएको हो। उनी हाल बनेपा–९ नयाँबस्तीमा बस्दै आएकी थिइन्।

मृतकका बुबा कमलबहादुर उप्रेतीले शवको सनाखत गरेका थिए। उनका अनुसार शर्मिला साउन २ गतेदेखि सम्पर्कविहीन थिइन्। शव भेटिएपछि घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक (प्र.ना.उ.) को कमाण्डमा १५ जनाको टोली र धुलिखेल अस्पतालको फरेन्सिक चिकित्सकको टोली परिचालित गरिएको थियो।

गहिरो अनुसन्धानपछि घटनामा संलग्न रहेको ठहर गर्दै रामेछापको मन्थली नगरपालिका–१३ निवासी सन्तोष सुनारलाई सोही दिन राति ११:२० बजे बनेपा–१० स्थित एक ईँट्टा भट्टाबाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई जिल्ला अदालत काभ्रेबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार शर्मिला र सन्तोषबीच प्रेम सम्बन्ध थियो र सोही सम्बन्धका कारण हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए।

पक्राउ पर्नेमा रामेछाप जिल्ला, मन्थली नगरपालिका–१३ का ३७ वर्षका सन्तोष सुनार रहेका छन् । 

प्रहरीले घटनाबारे सम्पूर्ण विवरण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। यस घटनाले प्रेम सम्बन्धका नाममा बढ्दो अपराधप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ।

  • Jigyasanepal

थप