Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

धरहरा: इतिहासदेखि वर्तमानसम्म, भोलिदेखि सर्वसाधारणका लागि खुला हुँदै

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

काठमाडौं – ऐतिहासिक धरहरा भोलि संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ। २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। यसअघि, २७ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ३ असोजदेखि धरहरा अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

शहरी विकास मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई सर्वसाधारणलाई धरहरा चढ्न पाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। यससँगै सर्वसाधारणले पुनर्निर्माण गरिएको धरहराको अवलोकन गर्न पाउनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७८ वैशाख ११ गते धरहराको औपचारिक रूपमा उद्घाटन गरेका थिए। यसअघि धरहराको उद्घाटन भइसके पनि यसलाई सर्वसाधारणका लागि खुला गर्ने मिति लगातार पछाडि सर्दै आएको थियो। बिहीबार फेरि औपचारिक रूपमा उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।

धरहराको ऐतिहासिक पृष्ठभूमि

धरहराको निर्माण सन् १८३२ (विसं १८८९) मा नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले गराएका थिए। ११ तले धरहरा २२१ फिट अग्लो थियो, जसलाई नेपालको ऐतिहासिक र सांस्कृतिक प्रतीकको रूपमा हेरिन्थ्यो। यो टावर नेपालमा ऐतिहासिक सम्पदाको रूपमा मात्र नभई काठमाडौँ उपत्यकाको एक महत्त्वपूर्ण चिनारी पनि थियो।

यो संरचना भूकम्प प्रतिरोधी थियो तर पनि २०७२ सालको महाभूकम्पले धरहरालाई भत्काइदियो। धरहराले १९३४ सालको महाभूकम्प पनि झेलेको थियो तर २०७२ को भूकम्पले भने यसलाई पूर्ण रूपमा क्षतिग्रस्त बनायो।

धरहराको पुनर्निर्माणको काम लामो समयसम्म चलेको थियो, जसको नेतृत्व नेपाल सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले गरेको हो।

धरहराको पुनर्निर्माण र उद्घाटन

धरहरा पुनर्निर्माणको काम २०७४ सालमा सुरु भएको थियो।

पुनर्निर्मित धरहरा २२ तलाको छ, जसमा ४२ वटा लिफ्ट छन्। पुनर्निर्माण पछि, धरहरा झन् आकर्षक बनाइएको छ, जसमा भूकम्प स्मारक र संग्रहालय पनि सामेल छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११, २०७८ मा औपचारिक रूपमा धरहरा उद्घाटन गरेका थिए, तर सर्वसाधारणलाई भने लगातार म्याद थप गर्दै ३ असोज, २०८१ मा खुला गर्न लागिएको हो।



  • Jigyasa media

थप