Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

एक कृषि इन्जिनियरको क्यानडामा गाई फार्मको अनुभव:

  •   ११ महिना अघि | ३० कार्तिक २०८२, आइतवार

म एक कृषि इन्जिनियर, र मेरो मानसिकता नै कृषिमा आधुनिकीकरण गरि यसलाइ एउटा उद्धमशील रोजगार क्षेत्र बनाउनु पर्छ भन्ने हो। यस्तै अनुभव बटुल्ने क्रममा, केही दिन अघि म क्यानडाको गाई फार्ममा पुगेको थिए। नेपालमा मैले कयौं फार्म भ्रमण गर्दा त्यहा कमि भएका कुरा यहाँ पुर्णरुपमा गरेको देखियो। 

म गएको फार्ममा जम्मा १०० गाई पालिएको थियो जसले दिनमा ४००० लिटर दूध दिने गर्थ्यो। दूध दुने काम देखि लिएर सरसफाइ देखि लिएर सम्पुर्ण कुरा त्यहा अटोमेटेड नै थियो भने त्यो पुरै फार्म केवल दुई जनाले मात्र सन्चालन गर्नुभएको थ्यो। गाइलाइ मकै र धानको परालबाट बनेको साइलेज खुवाउने गरिन्थ्यो, जसको प्रसोधन पनि त्यही रहेको सिलो बाट हुने गरेको छ। सबैभन्दा गज्जब त त्यहाको milking parlour थ्यो जहाँ गाइहरु आफै जान्थे र मेशिनले दूध दुन्छ (यो एकदम गज्जबको सिस्टम छ, यसको बारेमा लेख्न ठुलै लेख चाहिन्छ, केही समय पछि म लेख्नेछु)।

मेशिनले दूध प्रोसेसिङ्ग युनिट मा आफै पुर्याउथ्यो भने त्यहा बाट शुद्ध दूध लिन ट्यान्कर लिएर कम्पनिका व्यापारी आउछन र प्रोसेसिङ्ग युनिटमा रहेको सानो प्वाल बाट पाइप मार्फत ट्यान्करमा पुर्याउछन। र सबैभन्दा रमाइलो भनेको यो सबै आफै सन्चालन हुन्छ, मानिस त केवल रेखदेखको लागि, मात्र।

सम्भावना हाम्रै देशमा पनि छ, तर तरिका सिक्नु पर्छ, कृषिलाई पुर्खाले दिएको कर्म भन्दा पनि एउटा व्यवसाय बनाएर सन्चालन गर्नुपर्दछ, अनि बल्ल देशको कृषि आधुनिकताको बाटो तिर जान्छ।


- Rupesh Acharya

  • Jigyasanepal

थप