Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

स्वाट्टै चिस्यो उपत्यका : २४ घण्टामै ३ डिग्रीले घट्यो काठमाडौँको तापक्रम

  •   १० महिना अघि | २० मंसिर २०८२, शनिबार

काठमाण्डौ । काठमाडौँ उपत्यकामा हिउँद सुरु हुनासाथ चिसो एकाएक तीव्र भएको छ। मंसिर २०, शनिबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिजो शुक्रबार सोही समयमा तापक्रम ९.० डिग्री सेल्सियस थियो। यस आधारमा २४ घण्टाभित्रै करिब ३ डिग्री सेल्सियसको भारी गिरावट आएको हो।

मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार बिहान ५:४५ को मापनमा प्राप्त तापक्रम हालसम्मकै उल्लेखनीय गिरावट हो। उनले भने, “आधिकारिक न्यूनतम तापक्रम ८:४५ बजे जारी हुनेछ, त्यतिबेलासम्म अझै घट्ने सम्भावना छ।”

शुक्रबार बिहान ८:४५ बजे उपत्यकाको तापक्रम झरेर ८.६ डिग्री सेल्सियस कायम भएको थियो। लगातार घटिरहेको तापक्रमका कारण काठमाडौँवासीले विगत केही दिनको तुलनामा बढी चिसो अनुभूत गरिरहेका छन्।

हावा चिसिँदै, सडकमै हुस्सु

शनिबार बिहान उपत्यकाका अधिकांश स्थानमा हुस्सु छाएको देखिएको छ। तापक्रम झर्दै गएपछि विहानै कार्यालय, विद्यालय जाने सर्वसाधारणलाई आवागमनमा कठिनाइ भएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभाव र रातको आकाश खुला भएकाले तापक्रममा तीव्र गिरावट आएको हो।

आगामी दिनमा तापक्रम अझै घट्ने सम्भावना रहेकाले महाशाखाले जनस्वास्थ्य र यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

  • Jigyasanepal

थप