Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

  •   १ वर्ष अघि | १ असोज २०८२, बुधबार

काठमाडौँ, असोज १ — आज देशभर मौसम बदली रहने र विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो र राति दुवै समयमा वर्षा हुने सम्भावना उच्च रहेको छ।


🔹 आज दिउँसो :

देशभर साधारणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशसहित पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। साथै, कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।


🔹 आज राति :

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा साधारण बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ। मधेस, कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेशलगायत कोसी र बागमतीको पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने प्रक्षेपण गरिएको छ।


महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले वर्षा बढेको जनाएको छ। साथै, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले अझ प्रभाव पारिरहेको छ।


🌧️ वर्षाको मापदण्ड :

१० मिमी भन्दा कम = हल्का वर्षा

१०–५० मिमी = मध्यम वर्षा

५०–१०० मिमी = भारी वर्षा

१००–२०० मिमी = धेरै भारी वर्षा

२०० मिमी भन्दा माथि = अति भारी वर्षा

त्यस्तै, वर्षा हुने क्षेत्रको प्रतिशतका आधारमा ‘एक-दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’, ‘धेरै स्थान’ र ‘अधिकांश स्थान’ जस्ता वर्गीकरण गरिएको छ।

मौसमविद्हरूले आगामी २४ घण्टासम्म देशका पहाडी भूभागमा पहिरो, बाढी र खोला-नालामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।


  • Jigyasanepal

थप