Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधनामा भक्तजनको भीड

  •   १ वर्ष अघि | १५ असोज २०८२, बुधबार

काठमाडौँ, असोज १५।

आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन आज नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको देशभर विशेष पूजाआराधना हुँदैछ।

वैदिक सनातनी परम्परा अनुसार प्रत्येक वर्ष नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको विशेष पूजा गर्ने प्रचलन छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकै कारण यिनीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकी यी देवीलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ। धार्मिक विश्वास अनुसार सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनोकामना पूरा हुने, शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने बताइन्छ।

यसअघि असोज ६ गते घटस्थापनासँगै नौ दुर्गामध्ये पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीहरूको पूजा हुँदै आएको छ। आज अन्तिम दिन सिद्धिदात्री देवीको आराधना गरी नवरात्रको समापन हुँदैछ।

नवरात्रको अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायतका देवी स्तोत्रको नियमित पाठ गरिएको छ। यसै आधारमा सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिनसम्म दुर्गा देवीको विशेष आराधना गर्ने परम्परा छ।

यस वर्ष विजयादशमी असोज १६ गते बिहीबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार साइत खोज्नेहरूका लागि बिहान ११ः५३ बजे टीका ग्रहण गर्न उत्तम समय रहेको छ। तर दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिनेछ।

दसैँको प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाउने धार्मिक प्रचलन छ। त्यसैले असोज १६ देखि असोज ३० गतेसम्म नेपालीले टीका–जमरा ग्रहण गरी बडादसैँ पर्व मनाउनेछन्।

आज महानवमीका अवसरमा देशभरका शक्तिपीठमा विशेष भीड लागेको छ। भक्तजनले बलिसहित पूजा आराधना गर्दै देवीको दर्शन गरिरहेका छन्। घर–घरमा पनि देवीको आराधना, बलि र पूजापाठ गरेर महानवमीलाई विशेष रुपमा मनाइँदैछ।

  • Jigyasanepal

थप