Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

चार महिनामा २,६७५ विपत्ति: ११७ को मृत्यु, ४,७२५ घर प्रभावित

  •   १ वर्ष अघि | २५ साउन २०८२, आइतवार

काठमाडौँ, साउन २५ 

गत वैशाखदेखि साउन २४ गतेसम्म देशभर दुई हजार छ सय पैंसठ्ठी (२,६७५) विपद्का घटना दर्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाले चार हजार सात सय पच्चीस (४,७२५) घरपरिवार प्रभावित पारेका छन्।यस अवधिमा विभिन्न विपत्तिमा परी एक सय सत्र (११७) जनाको ज्यान गएको छ भने पाँच सय चौसठ्ठी (५६४) जना घाइते भएका छन्।

सबैभन्दा घातक विपत्ति

-बाढी: १९८ घटना, १६ मृत्यु, २१ बेपत्ता, १,३१३ घर प्रभावित

पहिरो: २८१ घटना, १३ मृत्यु, १७ घाइते

भारी वर्षा: १७४ घटना

चट्याङ: २४४ घटना

सर्पदंश: ७४ घटना

आगलागी: १,०६६ घटना

वन डढेलो: १५८ घटना

हावाहुरी: २७६ घटना

जनावर आक्रमण: १५३ घटना

लेक लाग्ने: ४१ घटना

भूकम्प: ५ घटना

एकै दिन ३५ विपत्ति

साउन २४ गते मात्र ३५ विपत्तिका घटना भएका छन्।

पहिरो: १३

आगलागी: ४

बाढी: १

अविरल वर्षा: ५

चट्याङ: १

लेक लागेको: २

जनावर आक्रमण: १

यी घटनामा परेर सो दिन मात्रै ६ जना घाइते भएका छन्।

प्राधिकरणले बाढी, पहिरो, चट्याङ र हावाहुरीजस्ता विपत्तिका घटनामा निरन्तर सतर्क रहन र स्थानीय तहसँग सहकार्य गरेर जोखिम न्यूनीकरणमा ध्यान दिन नागरिकलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप