Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

'अनुसन्धानको डिएसपी हुँ' भनी ठगी गर्ने पक्राउ

  •   २ वर्ष अघि | २ साउन २०८१, बुधबार

बाँके। डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।


विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भनी अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटी कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-११ एनटिभी रोडबाट पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  बताइएको छ ।

  • Jigyasa media

थप