Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

मनसुनको विपद्‌मा परी ८० जनाको मृत्यु

  •   २ वर्ष अघि | २५ असार २०८१, मङ्लबार

काठमाडौं । नेपालमा मनसुन भित्रिएको २८ जेठयता बाढी, पहिरो लगायतका विपद्‌मा परी ८० जनाको मृत्यु भएको छ ।

मंगलबारसम्म प्राकृतिक विपद्‌मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्का कारण आजसम्म ९७ जना घाइते भएका छन् भने २ हजार ७६४ घरपरिवार विस्थापित भएका छन् ।

बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् । १३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । यो अवधिमा ३८४ वटा पशु चौपायाको मृत्यु भएको बताइएको छ ।

  • Reporter

थप