Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

जङ्गली हात्तीको आक्रमणमा परी वृद्धाको मृत्यु

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ - फतुवा-बिजयपुर नगरपालिका वडा नं ११, वृद्धा–राङी गाउँमा जङ्गली हात्तीको आक्रमणमा परी ७० वर्षीया पातली तामाङको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बिजयपुरका निरीक्षक इन्द्रमणि अधिकारीका अनुसार पातली आफ्नै घरमा सुतिरहेका बेला बिहान अचानक हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार पातलीका श्रीमान्ले भने भागेर आफ्नो ज्यान जोगाउन सफल भए। आक्रमणका कारण घर पूर्ण रूपमा क्षति भएको छ भने छेउको अर्को घरलाई समेत क्षति पुगेको छ।

घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, डिभिजन बन कार्यालय, र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे स्थानीयसँग सोधपुछ गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।


  • Jigyasa media

थप