Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज केही भूभागमा वर्षा, उच्च क्षेत्रमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्।

शुक्रबार बिहान कोसी तथा मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य स्थानहरूमा मौसम सफा रहेको छ।

दिउँसो कोसी, लुम्बिनी, मधेस प्रदेशसहित पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश स्थानमा मौसम खुला रहने अनुमान गरिएको छ।

कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। देशका अन्य हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको छ।


  • Jigyasa media

थप