Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज देशभरको मौसम : कोशी, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

जिग्यासा नेपाल | वैशाख ७, आइतबार काठमाडौं – आइतबार देशका अधिकांश पहाडी भू–भाग आंशिकदेखि सामान्य बदलीमा ढाकिएका छन्, जबकि तराई र केही अन्य भागमा आकाश प्रायः खुल्ला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशसहित देशको मध्य र पश्चिमी पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार, दिनभरि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने साँझपख कतिपय स्थानमा हल्का वर्षा वा हिमपातसमेत हुन सक्छ। राति पनि कोशी प्रदेशसहित गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा बादल लाग्नेछ भने केही स्थानहरूमा मेघगर्जन र चट्याङसँगै वर्षा सम्भव छ।

यसैले आजको दिनमा ती क्षेत्रका बासिन्दाहरूले सतर्कता अपनाउन तथा आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न महाशाखाले सुझाव दिएको छ। विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्न लागेकाहरूले मौसमअनुसारको तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

  • H

थप