Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

नुवाकोट–काठमाडौँ सडकखण्डमा सुमो दुर्घटना ८ जना घाइते, ४ को अवस्था गम्भीर; ब्रेक फेल हुँदा ओरालोमा अनियन्त्रित

  •   ७ महिना अघि | १४ फाल्गुन २०८२, बिहिबार

नुवाकोट, फागुन १५ — नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक सुमो बिहीबार साँझ दुर्घटनामा पर्दा आठ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँका लागि छुटेको बा प्र ०३–००१ ज ७७७ नम्बरको सुमो शिवपुरी गाउँपालिका–५ कुखुरे स्थित ओरालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुर्घटनामा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका छन्। उनीहरूको टाउको र छातीमा गम्भीर चोट लागेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

अन्य घाइतेहरू—इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला तामाङ र टेकबहादुर विष्ट—को जिल्लास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सवारी चालक दुप्चेश्वर गाउँपालिका–४ का आइत लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेलका कारण दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ।

ओरालो र घुम्ती बढी रहेको उक्त सडकखण्डमा यसअघि पनि सवारी दुर्घटना दोहोरिँदै आएको स्थानीयले बताएका छन्। प्रहरीले सवारी साधनको प्राविधिक अवस्था जाँच नगरी यात्रु बोकेर ननिस्कन चालक तथा व्यवसायीलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप