Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बैतडीमा जन्ती बोकेको बस दुर्घटना: ८ जनाको मृत्यु, ४५ घाइते

  •   ८ महिना अघि | २२ माघ २०८२, बिहिबार

बैतडी। जन्ती बोकेको बस दुर्घटनामा पर्दा बैतडीमा ८ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्।

दुर्घटना बिहीबार साँझ पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा भएको हो। पुर्चौडीबाट बझाङतर्फ जन्ती लिएर जाँदै गरेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा खटिएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप