Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

माथिबाट खसेको ढुङ्गाले स्काभेटर सहचालकको ज्यान गयो

  •   १० महिना अघि | २२ मंसिर २०८२, सोमवार

बागलुङ । बागलुङ ताराखोला गाउँपालिका–५ मराममा सोमबार बिहान एक दर्दनाक दुर्घटना घटेको छ। स्थानीय स्तरमा घर निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट अचानक खसेको ढुङ्गाले लागेर स्काभेटरका सहचालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ज्यान जानेमा रोल्पा घर भई हाल मजदुरीका लागि बागलुङ आएका १९ वर्षीय विशाल पुन मगर रहेका छन्। मरामगाउँमा स्थानीय बलबहादुर रोका मगरको निजी घर निर्माणका लागि स्काभेटर प्रयोग गरी ढुङ्गा निकालिँदै गर्दा माथिबाट ठूलो ढुङ्गा खस्दै पुन मगरलाई ठोक्किएको र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटना भएपछि प्रहरी निरीक्षक कमलजङ्ग थापा नेतृत्वको टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुचुल्का दर्ता गरी शवलाई पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल, हरिचौर लगेको जनाएको छ।

स्थानीयहरूका अनुसार पहाडी भू–भागमा भइरहेको निर्माणाधीन काममा पर्याप्त सुरक्षा उपाय नअपनाउँदा यस्ता दुर्घटना दोहोरिन थालेका छन्। मृतक पुन मगरको परिवार आर्थिक रूपमा कमजोर भएको र उनी केही महिनादेखि रोजगारीका लागि बागलुङमा मजदुरी गर्दै आएको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

  • Jigyasanepal

थप