Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति?

  •   १० महिना अघि | २६ मंसिर २०८२, शुक्रबार

काठमाण्डौ । केही दिनयता काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ।

आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानमानुमान महाशाखाले जानकारी दिएको छ। 

हिजो बिहीबार पनि यो समयमा उपत्यकाको न्यूनतम तापक्रम त्यति नै थियो तर पछि बिहान ८:४५ बजे घटेर ५.४ डिग्री सेल्सियसमा झरेको थियो। सबैभन्दा तल झरेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेलासम्म उपत्यकाको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना रहन्छ।   

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

  • Jigyasanepal

थप