Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

सल्यानमा भीषण सडक दुर्घटना : उपचारका लागि नेपालगन्ज जाँदै गरेको केसी परिवार दुर्घटनामा, एकै घरका ३ जनाको मृत्यु

  •   १ वर्ष अघि | १२ असोज २०८२, आइतवार

सल्यान, असोज १२ । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा आइतबार बिहान भएको गाडी दुर्घटनामा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार बिहान करिब ४ बजे लु २ ख ६५०२ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खस्दा रुकुम पश्चिम, बाँफीकोट गाउँपालिका–५ का ६८ वर्षीया पबी केसी, उनका देवरका छोराहरू २५ वर्षीय प्रकाश केसी र २७ वर्षीय शशीधर केसीको घटनास्थलमै मृत्यु भएको हो।

यसै दुर्घटनामा पबीकै छोरा ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया छोरी बिना केसी गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि बाँकेको नेपालगन्जस्थित अस्पतालमा थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष मनु शाहीका अनुसार मृतक पबी केसी पेटको रोगबाट पीडित थिइन्। उपचारका लागि नेपालगन्ज लैजाने क्रममा गाडी दुर्घटनामा परेको हो। उनका अनुसार, “दसैँको मुखमै एकै परिवारमा यस्तो पीडादायी घटना घट्नु अत्यन्त दु:खद छ।”

शाहीले पबीलाई पहिलादेखि नै पेटको समस्या रहेको र विभिन्न ठाउँमा उपचार गराइरहेकाले चौरजहारी अस्पतालमा जाँच गराएपछि नेपालगन्ज रेफर गरिएको बताए। दुर्घटनाग्रस्त गाडी पनि केसी परिवारकै भएको जनाइएको छ।

सडक दुर्घटनामा एकै परिवारका तीन सदस्यको मृत्यु र दुई घाइते भएपछि गाउँ नै शोकमा डुबेको छ। दसैँको उत्सव मनाउनुपर्ने बेला विपत्तिको चपेटामा परेका केसी परिवारको पीडाले स्थानीय समुदायलाई पनि स्तब्ध बनाएको छ।

  • Jigyasanepal

थप