Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

पशुपतिमा तीन दिन पूर्ण निषेधाज्ञा : चार किल्लाभित्र मासु–मदिरादेखि नशालु पदार्थसम्म बन्द

  •   ११ महिना अघि | १ मंसिर २०८२, सोमवार

बालाचतुर्दशीको पवित्रता कायम राख्दै प्रशासन कडाइमा

काठमाडौँ ।

आगामी बालाचतुर्दशी (शतविजारोपण) पर्वलाई शान्त, पवित्र र मर्यादित बनाउन काठमाडौँ जिल्ला प्रशासनले आज मंसिर १ गतेदेखि तीन दिन पशुपति क्षेत्रलाई विशेष सुरक्षित क्षेत्र घोषणा गरेको छ।

सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर तथा चार किल्लाभित्र मासु, मदिरा र सबै प्रकारका नशालु पदार्थको उत्पादन, बिक्री, सेवन, ओसार–पसार र भण्डारणमा पूर्ण रोक लगाइएको छ।

यो निर्णय स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (३) बमोजिम लागू गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए।

 प्रशासनको कडाइ : धार्मिक पवित्रता खल्बल्याउने गतिविधि शून्य सहिष्णुता

बालाचतुर्दशीका दिन हजारौँ भक्तजन रातभर जाग्राम बस्दै, दीप–धूप बाल्दै, शतविजारोपण गर्दै दिवंगत आत्माहरूको स्मरण गर्छन्।

यस्तै भीडभाड र संवेदनशील वातावरणमा मासु–मदिरा तथा नशालु पदार्थको उपस्थितिले धार्मिक–सांस्कृतिक पवित्रता बिग्रन सक्ने भन्दै प्रशासनले यसपालि कडाइ अपनाएको हो।

सूचनाको उल्लङ्घन गर्ने जो–कसैलाई

“प्रचलित कानुनअनुसार कारबाही” गरिने चेतावनी जारी गरिएको छ।

 यस्ता छन् पशुपति क्षेत्रका चार किल्ला, जहाँ तीन दिन पूर्ण प्रतिबन्ध

पूर्वतर्फ :

➡ तिलगङ्गा — गुहेश्वरी क्षेत्र

पश्चिमतर्फ :

➡ गौशाला — मित्रपार्क — चक्रपथ सडक

उत्तरतर्फ :

➡ मित्रपार्क — उमाकुण्ड — गौरीघाट — गुहेश्वरी सडक

दक्षिणतर्फ :

➡ गौशाला — तिलगङ्गा — चक्रपथ सडक

यस सम्पूर्ण क्षेत्रमा एक बोतल मदिरादेखि एउटा मासुको टुक्रासम्म लैजान, राख्न, बेच्न वा सेवन गर्नसमेत निषेध छ।

 किन गरियो यस्तो व्यवस्था ?

भीड व्यवस्थापन

धार्मिक अनुशासन र पवित्रता संरक्षण

दुर्व्यसनजन्य गतिविधि नियन्त्रण

सुरक्षा संवेदनशीलता

भक्तजनलाई सहज वातावरण

काठमाडौँ प्रशासनका अनुसार, विगतका वर्षहरूमा भीड, अव्यवस्था, नशालु पदार्थ सेवन र विवादका घटना देखिएको हुँदा यसपटक विशेष निगरानी र कठोर नियम लागू गरिएको हो।

 प्रहरी, सशस्त्र र सम्पर्क अधिकृत टोली सधैं सतर्क

सम्पूर्ण क्षेत्रका गल्ली, सडक र प्रवेशद्वारमा

मोबाइल पेट्रोलिङ,

सीसीटीभी निगरानी,

खोजतलास लगायत सुरक्षा व्यवस्था कडा पारिएको छ।

  • Jigyasanepal

थप