Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

रौतहटमा आगलागी: दुई घर जलेर नष्ट, लाखौंको क्षति

  •   २ वर्ष अघि | ४ मंसिर २०८१, मङ्लबार

४ मंसिर, रौतहट। रौतहटको बौधिमाई नगरपालिका-२, इनर्वामा विद्युत सर्ट सर्किटका कारण गएराति आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। यस घटनामा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ भने एक महिला र दुई चौपाया गम्भीर रूपमा घाइते भएका छन्।

आगलागी राति ११ बजे सिताई पटेलको फुसको घरबाट सुरु भई छिमेकी बिगु पटेलको घरमा समेत फैलिएको थियो।

मानवीय र जनधनको क्षति

आगलागीका कारण सिताई पटेलकी ४१ वर्षीया श्रीमती प्रमिला देवीको अनुहार जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए। त्यस्तै, एक भैंसी र दुई पाडो पनि जलेर घाइते भएका छन्।

घरमा रहेको काठपात, दुई थान साइकललगायत सामग्री जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

स्थानीय र प्रहरीको पहलमा नियन्त्रण

घटनाको खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय, कोपवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ।

प्रभावित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न र आगलागीको पुनरावृत्ति रोक्न आवश्यक कदम चाल्न स्थानीय प्रशासनलाईआग्रह गरिएको छ।


  • Jigyasa media

थप