Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

अर्घाखाँचीमा जीप दुर्घटना : २ को मृत्यु, २४ घाइते

  •   १ वर्ष अघि | १३ असोज २०८२, सोमवार

अर्घाखाँची, असोज १३ — अर्घाखाँचीको सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत सन्धिखर्क–९ टारीमा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीका अनुसार गुल्मीको पुर्कोटदह तर्फ गइरहेको लु १ ज ४७२३ नम्बरको फोर्स जीप दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यस दुर्घटनामा २४ जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको प्रारम्भिक उपचार अर्घाखाँची अस्पतालमा भइरहेको छ भने अवस्था गम्भीर भएका केहीलाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ।

स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेलाई उद्धार गरिएको थियो।

यसरी फेरि एकपटक सडक दुर्घटनाले दुई बालबालिकाको ज्यान लिएको घटनाले सडक सुरक्षा र जिम्मेवार यातायात प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।

  • Jigyasanepal

थप